काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर हिंसा मच्चाउने र त्यसको दोष विपक्षी दलमाथि थोपर्ने प्रयास गरेको आरोप लगाएका छन् । महासचिव पोखरेलले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सत्तापक्षको पछिल्लो रणनीतिप्रति टिप्पणी गर्दै यस्तो आरोप लगाएका हुन् । उनले आफ्नै कार्यकर्तालाई आन्दोलनकारीका रूपमा प्रस्तुत गर्ने, तिनैसँग वार्ता गरी सम्झौता…