नेपालगन्ज । सहयोगापेक्षी सडक आश्रित मानवहरुको आश्रयस्थल बनेको मानवसेवा आश्रमले बाँकेमा आश्रितहरुका लागि आफ्नै भवन बनाउने भएको छ । मानव सेवा आश्रमले बाँकेको डुडुवा–६ असमानपुरमा पाँच करोडको लागतमा अत्याधुनिक दुई तले सेवा आश्रम भवन निर्माण गर्न लागेको हो । आज एक कार्यक्रमका बीच लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कमार अग्रवालले भवनको…