७ बैशाख २०८३, सोमबार | April 20, 2026

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबद्वारा लुम्बिनी पराजित



भैरहवा । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । पुलिसले लुम्बिनीलाई ८७ रनले हराएको हो ।

रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको पुलिस क्लबले निर्धारित ५० ओभरको खेलमा ६ विकेटको क्षतिमा २४९ रन बनायो । दुई सय ५० रन बनाउने क्रममा लुम्बिनीको पारी १६२ रनमा समेटियो ।

पुलिसका लागि कुशल भुर्तेल र आरिफ शेखले अर्धशतकीय पारी खेले । भुर्तेलले ७५ बलको सामना गर्ने क्रममा ६ चौका र एक छक्काको मद्दतमा ५९ रन बनाए । यस्तै शेखले ७९ बल खेल्दै ५६ रन बनाए । यसमा उनको दुई छक्का समेत सामेल थियो । यसैगरी गुलशन झाले अविजित ३६, दिलिप नाथले ३४ तथा अमित श्रेष्ठले २२ रन बनाए ।

बलिङतर्फ लुम्बिनी प्रदेशका लागि कृष्ण कार्की र अजय चौहानले तीन तीन विकेट लिए ।

यस्तै लुम्बिनीका लागि १६२ रन बनाउने क्रममा प्रज्ज्वल थापाले अद्र्धशतकीय पारी खेले । उनले ७२ रन बनाए । थापाले ९४ बलको सामना गर्दै ७ चौका र एक छक्का प्रहार गरे । यस्तै मृनाल गुरुङले ३० तथा सलाहुद्दिन खानले १३ रन बनाए ।

बलिङतर्फ पुलिस क्लबका करण केसीले तीन तथा ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले दुई दुई विकेट लिए । सोमबारदेखि सुरु भएको प्रधानमन्त्री कप क्रिकेट सात पदेश र तीन विभागीय टोली सहभागी छन् । राउण्ड रोबिनका आधारमा खेलाइने प्रतियोगितामा अङ्कका आधारमा शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ५ : २४ बजे

पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

दाङ । लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत तेह्रौँ बैठक आज दिउँसो

असिनाले ७४ सवारीसाधनमा क्षति

चितवन । जिल्लामा आइतबार साँझ आएको असिना सहितका पानीबाट ७४

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी । जिल्लामा फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको छ

बुटवलमा ‘युके युनिभर्सिटी एडमिसन डे’, सय बढी विद्यार्थीको सहभागिता

बुटवल । अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै