काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद गोकर्ण विष्टले लोकतन्त्रविना जनताको स्वतन्त्रता सुदृढ हुन नसक्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले राजा फर्र्काउने प्रयत्नको कुनै औचित्य नरहेको बताए । सांसद विष्टले भने, “समाप्त भएको राजतन्त्रलाई फर्काउने कोसिस भइरहेको छ । लोकतन्त्र चाहने शक्तिका लागि यो कदापि स्वीकार्य हुन सक्दैन ।” अराजकता…