६ श्रावण २०८३, बुधबार | July 22, 2026

लोकतन्त्रविना जनताको स्वतन्त्रता सुदृढ हुँदैन : गोकर्ण विष्ट



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद गोकर्ण विष्टले लोकतन्त्रविना जनताको स्वतन्त्रता सुदृढ हुन नसक्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले राजा फर्र्काउने प्रयत्नको कुनै औचित्य नरहेको बताए ।

सांसद विष्टले भने, “समाप्त भएको राजतन्त्रलाई फर्काउने कोसिस भइरहेको छ । लोकतन्त्र चाहने शक्तिका लागि यो कदापि स्वीकार्य हुन सक्दैन ।” अराजकता र अस्थिरता निम्त्याउने गतिविधि भइरहेको उल्लेख गर्दै उनले राजतन्त्र मूलधारको राजनीति हुन नसक्ने टिप्पणी गरे ।

जनताको लामो आन्दोलनपछि लोकतान्त्रिक अभ्यास प्राप्त गरेको भन्दै सांसद विष्टले संवैधानिक मर्यादाभित्र रहेर सही ढङ्गले प्रयोग गर्न सकिएन भने देश अघि बढ्न नसक्ने बताए। लोकतन्त्र प्राप्तिका लागि सहकार्य तथा योगदान गर्ने शक्तिले सहिदको बलिदानीबाट प्राप्त उपलब्धिलाई जोगाउन गम्भीरताका साथ समीक्षा र हातेमालो गर्न जरुरी रहेको उनको भनाइ छ ।

सांसद विष्टले युवामा आश जगाउने गरी तीव्र ढङ्गले विकास हुन नसकेको उल्लेख गरे । तर देशमा केही नै भएको छैन भनेर भाष्य पैदा गरेर अराजकता सिर्जना गर्ने र मुलुकलाई प्रतिगमनतिर लैजाने प्रयत्न भइरहेको उनको आरोप थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ५ : २२ बजे

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक