१ माघ २०८२, बिहिबार | January 15, 2026

काँकडभिट्टाबाट ब्राउनसुगर बोकेर बस चढेका भारतीय नागढुंगामा पक्राउ

काठमाडौं । लामो दुरीको यात्रुबाहक बस चढेर आएका भारतीय नागरिक लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन्। ती भारतीयबाट लागुऔषध जिम्मा लिन पुगेका दुई नेपालीसमेत पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत उत्तर दिनेशपुरका ३७ वर्षीय गोविन्द बाला, काठमाडौं चन्द्रागिरि नगरपालिका(११ का २६ वर्षीय रमन महर्जन र धादिङ थाक्रे गाउँपालिका(११ का ३८ वर्षीय विनोद तामाङ रहेका छन्। उनीहरूलाई…