ताप्लेजुङ । प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी तथा शान्तिसुरक्षाको व्यवस्थाका साथै जिल्लाका गतिविधिबारे जानकारी लिन आज ताप्लेजुङ आइपुगेकी छिन् । आजै बिहान कार्कीले पाथीभरा माताको पूजाअर्चना गरेकी छिन्। पूजाअर्चनापछि प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा लेखेकी छिन्, “फागुन महिना, निर्वाचन महिना । पाथीभराबाट सुरुआत । शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु ।” प्रधानमन्त्रीले…