७ पुस २०८२, सोमबार | December 22, 2025

‘जेनजी आन्दोलनमा तोडफोड, लुटपाट गर्नेमाथि कडा कारबाही होस्’ : महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् । शनिबार (कात्तिक २२) काठमाडौंमा महासंघद्वारा आयोजित ‘राष्ट्रिय बृहत् आर्थिक बहस २.०’ कार्यक्रममा बोल्दै उनले यस्तो माग गरेका हुन् । अध्यक्ष ढकालले यस्तो अपराधमा कारबाही नगरे दण्डहीनता मौलाउने चेतावनी दिए…