काठमाडौं । नेपाल विद्यार्थी सङ्घमा आबद्ध भई तीसको दशकदेखि राजनीति सुरु गरेका नेपाली कांग्रेसका नेता हृदयराम थानीले भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा निरन्तर आवाज उठाउँदै आएका छन् । कर्णाली प्रदेश, सुर्खेतको वीरेन्द्रनगर–१ बाङ्गेसिमलका थानी हाल सुर्खेत निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन् । यसअघि विसं २०५६ मा प्रतिनिधिसभा सदस्य, विसं २०७० मा…