काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको गुनासो उचित रूपमा सम्बोधन गर्दै शान्ति सुरक्षा कायम गर्न र नागरिक सेवामा पूर्ण रूपमा समर्पित भएर कार्यसम्पादन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयबाट आज भर्चुअल माध्यममार्फत सम्बोधन गर्दै उनले नजिकिँदै गरेका दीपावली, नेपाल संवत् र छठलगायतका चाडपर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने बताए…