काठमाडौँ । सरकारले प्रतिनिधिसभामा दर्ता गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकका प्रावधान सकारात्मक रहेको भन्दै नागरिक अधिकारका लागि नागरिक समाज सञ्जालले स्वागत गरेको छ । विधेयकमा कुनै व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्रमा बाबुको नाम उल्लेख भए पनि निजको बाबुको अन्य पहिचान नखुलेको र हाल सम्पर्कमा नरहेको…