काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउने बताएका छन् । विभिन्न समयमा भएका जनआन्दोलन तथा सङ्घर्षमा नेपाली जनताले प्रकट गरेको सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको युगानुकूल चाहनालाई पूरा गर्ने अभियानमा नेपाली प्रेसले अझै प्रभावकारी ढङ्गले काम गर्ने उनले विश्वास व्यक्त गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा…