२९ भदौ २०८३, सोमबार | September 14, 2026

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने



काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन छुट्टै प्रक्रियाबाट अघि बढाउने निर्णय गरेको छ ।

सोमबार महाराजगञ्जस्थित देउवा निवासमा बसेको समूहको बैठकले कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पछिल्लो निर्णय अस्वीकार गर्दै आफ्नै महाधिवेशन प्रक्रिया अघि बढाउने निष्कर्ष निकालेको हो ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले १५औँ महाधिवेशनमा सहभागी हुन देउवा समूहलाई आह्वान गर्दै १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सदस्यलाई वर्तमान कार्यसमितिमा समेट्ने निर्णय गरेको थियो । तर, देउवा समूहले उक्त प्रस्ताव अस्वीकार गरेको हो ।

बैठकपछि देउवा समूहका नेता प्रकाशशरण महतले महाधिवेशनको पूर्वसन्ध्यामा गरिएको यस्तो आह्वानको औचित्यमाथि प्रश्न उठाए । वडा अधिवेशन सुरु हुन चार दिन मात्र बाँकी रहेका बेला गरिएको प्रस्ताव स्वीकार गर्न नसकिने उनको भनाइ छ ।

महतका अनुसार देउवा समूहले यसअघि प्रस्ताव गरेको १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार नै प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

संस्थापन पक्षले गरेको निर्णयबारे अनौपचारिक छलफल भएको र समूहको औपचारिक धारणा सार्वजनिक गर्न सोमबार अपराह्न ४ बजे पत्रकार सम्मेलन गर्ने तयारी रहेको महतले जानकारी दिए ।

देउवा समूहले संस्थापन पक्षको प्रस्ताव अस्वीकार गर्दै छुट्टै महाधिवेशनको प्रक्रिया अघि बढाउने निर्णय गरेसँगै नेपाली कांग्रेसभित्रको विवाद थप गहिरिएको छ । यसले पार्टी विभाजनकै अवस्थासम्म पुग्ने सम्भावना बढाएको नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : २९ भदौ २०८३, सोमबार  ३ : २२ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा