७ पुस २०८२, सोमबार | December 23, 2025

निरन्तर हिमपात : ‘हिडन भ्याली’मा तीन बेलायती महिला र १२ स्वदेशी पर्यटक समस्यामा

म्याग्दी । निरन्तर हिमपातका कारण म्याग्दीदेखि धौलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धौलागिरि चक्रीय पदमार्गको हिडन भ्यालीमा आन्तरिक र बाह्य गरेर १५ जना पर्यटक समस्यामा परेका छन् । ती मध्ये तीन बेलायती महिला र १२ जना स्वदेशी पर्यटक रहेका छन् । म्याग्दीको धवलागिरी गाउँपालिका-४ मुदीको इटाली आधार शिविर भएर मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फा जाने क्रममा…