काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा जी २० को शिखर सम्मेलन चलिरहेको छ । शनिबारदेखि जारी जी–२० सम्मेलन आज आइतबार सकिँदैछ । नयाँ दिल्लीको केन्द्रमा रहेको प्रगति मैदानस्थित भारत मण्डपमा भैरहेको जी–२० शिखर सम्मेलनमा सदस्य राष्ट्रहरुबीच दिल्ली घोषणापत्रमा सहमति भएको छ । घोषणापत्र बलियो, दिगो, सन्तुलित र समावेशी वृद्धि, दिगो विकास लक्ष्यमा प्रगतिको गति, दिगो…