२६ भदौ २०८३, शुक्रबार | September 12, 2026

एसीसी प्रिमियर कपमा ओमानको लगातार दोस्रो जित



काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत आयोजक ओमानले लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा ओमानले कम्बोडियालाई ६३ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो ।

बर्षाले प्रभावित भएको यो खेल ११-११ ओभरमा खेलाइएको थियो ।

यस खेलमा ओमानले दिएको १५५ रनको लक्ष्य पछाएको कम्बोडियाले ११ ओभरमा ७ विकेट गुमाउदै ९१ रन मात्र बनाएको थियो । कम्बोडियालाई रोक्नेक्रममा ओमानका अकिब इलियासले ह्याट्रिकसहित चार विकेट लिएका थिए । यस अघि पहिला ब्याटिंग गर्दै ओमानले ११ ओभरमा ६ विकेट गुमाउदै १५४ रन बनाएको थियो ।

यो ओमानको लगातार दोस्रो जित हो । यसअघि ओमानले आफ्नो पहिलो खेलमा बहराइनलाई ३ रनले पराजित गरेको थियो । यो जितपछि ओमानको समुह बी मा २ खेलमा ४ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ ।

त्यस्तै कम्बोडियाले भने लगातार दोस्रो हार बेहोरेको छ । यस अघि कम्बोडिया आफ्नो पहिलो खेलमा कुवेतसँग पराजित भएको थियो । यो हारपछि कम्बोडियाको २ खेलमा शुन्य अंक रहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ४ : ३५ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य