१९ बैशाख २०८१, बुधबार | May 2, 2024

एसीसी प्रिमियर कपमा ओमानको लगातार दोस्रो जित



काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत आयोजक ओमानले लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा ओमानले कम्बोडियालाई ६३ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो ।

बर्षाले प्रभावित भएको यो खेल ११-११ ओभरमा खेलाइएको थियो ।

यस खेलमा ओमानले दिएको १५५ रनको लक्ष्य पछाएको कम्बोडियाले ११ ओभरमा ७ विकेट गुमाउदै ९१ रन मात्र बनाएको थियो । कम्बोडियालाई रोक्नेक्रममा ओमानका अकिब इलियासले ह्याट्रिकसहित चार विकेट लिएका थिए । यस अघि पहिला ब्याटिंग गर्दै ओमानले ११ ओभरमा ६ विकेट गुमाउदै १५४ रन बनाएको थियो ।

यो ओमानको लगातार दोस्रो जित हो । यसअघि ओमानले आफ्नो पहिलो खेलमा बहराइनलाई ३ रनले पराजित गरेको थियो । यो जितपछि ओमानको समुह बी मा २ खेलमा ४ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ ।

त्यस्तै कम्बोडियाले भने लगातार दोस्रो हार बेहोरेको छ । यस अघि कम्बोडिया आफ्नो पहिलो खेलमा कुवेतसँग पराजित भएको थियो । यो हारपछि कम्बोडियाको २ खेलमा शुन्य अंक रहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ४ : ३५ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी