म पाकिस्तानको पेसावार सहरमा बसेर एक दशकभन्दा बढी समयदेखि पत्रकारिता गर्दै आएको छु। छिमेकी मुलुक अफगानिस्तानमा पछिल्लो समयमा विकसित घटनाक्रमले मानवीय संकटको आभाष दिन्छ। पेसावारबाट अफगानिस्तानको राजधानी काबुल २ सय ८२ किलोमिटर टाढा छ। दुई देशको बीचमा रहेको खैयबार पास पार गरेपछि जलालावाद हुँदै काबुल पुग्न सकिन्छ। जलालावाद काबुल नजिकैको सहर हो, तालिवानले यो सहर…