भारतसँग पूर्वी लद्दाखको गलवान क्षेत्रमा भएको भिडन्तमा आफ्ना चार जना सेनाको ज्यान गएको चीनले स्वीकार गरेको छ । गलवान भिडन्तको ८ महिनापछि चीनले आफ्ना चार सेना मारिएको स्वीकार गरेको हो । चीनको सेन्ट्रल मिलिटरी कमिशनले शुक्रबार चार सेनाको नाम सार्वजनिक गर्दै उनीहरुलाई मरणोपरान्त उच्च सम्मान र उपाधी प्रदान गरेको छ । काराकोरम पर्वतमा तैनाथ पाँच…