३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

म्यानमारमा सुरक्षा फौजको ज्यादती अझै रोकिएन, एकैदिन ८० बढीको हत्या



एजेन्सी । म्यानमारमा सैनिक सत्ताविरुद्ध प्रदर्शन गरिरहेकाहरुमाथि सुरक्षा फौजको ज्यादती अझै रोकिएको छैन ।

राजधानी यांगुनमा सुरक्षाकर्मीले एकैदिन ८० जनाभन्दा बढीको हत्या गरेको स्थानीय मिडियाहरुले दाबी गरेका छन् । सैनिकले हत्या गरिएकाहरुको शव पनि लिएर गएको बताइएको छ । हत्या गरिएकाहरुको सही संख्या थाहा पाउन कठिन हुने जनाइएको छ ।

प्रत्यक्षदर्शीले स्थानीय सञ्चारमाध्यमलाई बताए अनुसार सुरक्षाकर्मीले राइफलसहितका हतियार प्रयोग गरेका थिए । उनीहरुले आफ्नो मार्गमा पर्ने सबैमाथि गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

म्यानमारका स्थानीय मिडियाका रिपोर्टर तथा प्रत्यक्षदर्शीहरुका अनुसार यांगुनको उत्तरपूर्वस्थित बगो शहरमा सुरक्षाकर्मीहरुले शनिवार गरेको हत्याको संख्या सुरुमा पत्ता लगाउन सकिएको थिएन । पछि सुरक्षाकर्मीहरुले शवलाई एकमाथि अर्को खात लगाएर राखेको र त्यसलाई चारैतिरबाट घेरेको देखेको प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

म्यानमार नाउका अनुसार सेनाले शुक्रबार विहानदेखि नै गोली चलाउन सुरु गरेको थियो र यो दिउँसोसम्म जारी रह्यो । ज्यान गुमाउनेको वास्तविक संख्या बाहिर आए भन्दा धेरै हुन सक्ने अनुगमन समूह एसिस्टेन्स एसोसिएशन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)ले जनाएको छ । एएपीपीका अनुसार सुरक्षाकर्मीबाट मारिएका र गिरफ्तार गरिएकाहरुको दैनिक सूची तयार पार्ने काम भइरहेको छ ।

गएको फेब्रुअरीमा निर्वाचित सत्ता हत्याएर सेनाले शासन आफ्नो हातमा लिएयता प्रदर्शन हुँदै आएको छ । अहिलेसम्म सुरक्षाकर्मीको ज्यादतीका कारण ६०० जना भन्दा धेरैको ज्यान गएको छ । आफ्नो शक्ति कायम गरिरहनका लागि सैनिकले हिंसात्मक गतिविधि बढाउँदै लगेको छ ।

याङ्गुनको प्रमुख शहर बागोमा सेनाले शुक्रबार हत्याको शृङ्खला कायम गरेको हो । स्थानीय बासिन्दालाई नजिकका गाउँमा भाग्न बाध्य पारिएकाले घटना सार्वजनिक हुन पूरै एक दिन भन्दा बढिको समय लागेको हो । स्थानीय सञ्चारमाध्यम म्यानमार नाव न्यूजलाई प्रत्यक्षदर्शीले शुक्रबारको घटनालाई नरसंहारसँग तुलना गरेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १० : ११ बजे

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४

फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को तेस्रो खेलमा घरेलु टोली

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय