काठमाडौं । अस्ट्रेलियाले इंग्ल्यान्डविरुद्ध शनिबारको खेलमा रोमाञ्चक जित दर्ता गरेको छ । पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा भएको च्याम्पियन्स ट्रफीमा ३५२ रनको लक्ष्य ४७.३ ओभरमा मात्र पाँच विकेट गुमाएर पूरा गर्दै अस्ट्रेलियाले रोमाञ्चक जित निकालेको हो । ३५२ रनको विशाल लक्ष्य पछ्याएको अस्ट्रेलियाले १५ बल बाँकी रहँदा ३५६ रन जोडेको हो । यो खेल ऐतिहासिकसमेत बनेको…