काठमाडौं । टी-२० विश्वकपमा न्यूजिल्यान्डले जितसँगै यात्रा समाप्त गरेको छ । समूह ‘सी’ को अन्तिम खेलमा न्यूजिल्यान्डले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गरेर विश्वकपको यात्रा टुंगाएको छ । टस हारेर पहिला ब्याटिंग गरेको पपुवा न्युगिनी १९.४ ओभरमा ७८ रनमा अलआउट भयो । ७९ रनको लक्ष्य न्युजिल्यान्डले १२.२ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो ।…