१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

विश्वव्यापी ‘ग्रिन पेटेन्ट राइट’ आवेदनमा चीनको ५० प्रतिशत बढी हिस्सा



विश्वव्यापी दिगो विकासमा चीनको योगदान यसको पेटेन्ट अधिकारहरूको दरिलो वृद्धिबाट प्रदर्शित भएको छ ।

देशको शीर्ष बौद्धिक सम्पत्ति नियामकद्वारा हालै प्रकाशित एक प्रतिवेदनमा भनिएको छ कि चीनले सन् २०२३ मा प्रकाशित हरित र न्यून–कार्बन पेटेन्ट आवेदनहरूको संख्यामा शीर्ष स्थान हासिल गरेको छ, जसमा वार्षिक २० प्रतिशतको वृद्धि भएको छ र यसले विश्वव्यापी कुलको आधाभन्दा बढी हिस्सा ओगटेको छ ।

यो वृद्धि विश्वव्यापी औसतभन्दा ७.१ प्रतिशत अंकले बढी रहेको चीनको राष्ट्रिय बौद्धिक सम्पत्ति प्रशासनले “हरित र न्यून–कार्बन पेटेन्टहरूको तथ्यांकीय विश्लेषण प्रतिवेदन“ मा उल्लेख गरेको छ ।

यसले हरित र न्यून–कार्बन पेटेन्टहरूलाई वातावरणीय विकासलाई प्रोत्साहन गर्ने प्रविधिहरूको रूपमा परिभाषित गरेको छ । यी पेटेन्टहरूले पाँच प्रमुख क्षेत्रहरू समेट्छन्, जसमा जीवास्म ऊर्जा कार्बन घटाउने, ऊर्जा बचत र पुनः प्रयोग, सफा ऊर्जा, ऊर्जा भण्डारण, र हरितगृह ग्याँसहरूको कब्जा, उपयोग र भण्डारण समावेश छन् ।

चीनले ऊर्जा भण्डारणको क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको छ । २०२३ मा मात्रै ३७ हजार पेटेन्ट आवेदनहरू दर्ता गर्दै, जसले विश्वव्यापी रूपमा ४८ प्रतिशत हिस्सा ओगटेको छ। स्वच्छ ऊर्जाको सन्दर्भमा सौर्य ऊर्जा र हाइड्रोजन ऊर्जाका लागि चीनको आविष्कार पेटेन्ट आवेदनहरूको संख्या विश्वव्यापी रूपमा उच्चतम रहेको छ जसमा क्रमशः ८ हजार र ५ हजार आवेदनहरू रहेका छन् ।

चीनले अन्तर्राष्ट्रिय प्याटेन्ट संरक्षण प्रणाली पेटेन्ट सहयोग सन्धि (PTC) मार्फत हरित र न्यून–कार्बन प्रविधिहरूको लागि सन् २०२३ मा ५ हजार भन्दा बढी आवेदनहरू दर्ता गरेको थियो । लगातार तेस्रो वर्षको लागि विश्वव्यापी नम्बर एक स्थान सुरक्षित गरेको प्रतिवेदनले खुलासा गरेको छ ।

विशेषगरी, चीन सन् २०१९ देखि विश्वको अग्रणी पेटेन्ट आवेदन दर्ता गर्ने मुलुक बनेको हो जसलाई विश्व बौद्धिक सम्पत्ति संगठन (WIPO) ले मान्यता दिएको छ । चाइना डेल्लीबाट

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ८ : ४४ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू