गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको छ । गुल्मी रेसुङ्गा नगरपालिका–४ स्थित पनाहा खोलामा मङ्सिर २० गते भेटिएको शव रेसुङ्गा नगरपालिका–१ निवासी ३४ वर्षीय मनोज पोखरेलको भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार बुवा कृष्ण पोखरेलले उक्त शव आफ्नो छोराको भएको…