बुटवल । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा माधवकुमार खनाल सर्वसम्मत चयन भएका छन् । संघको शनिबार बुटवलमा सम्पन्न २४औं साधारणसभा तथा १२औं अधिवेशनबाट खनाल सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका हुन् । यस्तै संघको वरिष्ठ उपाध्यक्षमा अर्जुन थापा, पर्यटन उपाध्यक्षमा रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्षमा थम्मनबहादुर भण्डारी (क्षेत्री), द्वितीय उपाध्यक्षमा प्रेमप्रसाद भट्टराई, महासचिवमा केशवराज कँडेल,…