बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देहीको २६ औँ साधारण सभा तथा ८ औँ अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सोमबार बुटवलमा भएको साधारणसभा तथा अधिवेशनले भगवती पाण्डेको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । अध्यक्षमा निर्वाचित पाण्डेले सङ्गठनमा यसअघि उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । त्यस्तै अधिवेशनले रुपन्देही जिल्ला…