बुटवल । माघे संक्रान्तिको अवसर बुटवलमा शुरु भएको प्रथम मेयर कप खुला भलिबल प्रतियोगिता २०८१ मा मणिमुकुन्द भलिबल क्लब विजयी शुरुवात गरेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र मिर्मिरे युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा मणिमुकुन्दले रोयल बँदेल पोखरी भलिबल क्लबलाई पराजित गरेको हो । युवा खेलाडीसहित मैदानमा उत्रेको मणिमुकुन्दले २५-१७, २५-१४, २५-१७ को सोझो सेटमा…