२९ माघ २०८१, मंगलबार | February 11, 2025

बुटवलमा खुल्यो ईको चाजिङ स्टेशन



बुटवल । बुटवल उपमहानगरपालिका-९ इटाभट्टिमा ईको चाजिङ स्टेसन सन्चालनमा आएको छ । बुटवलका स्थानीय ४ जना युवाहरू मिलेर सुविधा सम्पन ईको चाजिङ सेन्टर सन्चालनमा ल्याएका हुन ।

करिब १ करोड बढी लगानीमा चाजिङ स्टेसन निमार्ण गरिएको ईको चाजिङ सेन्टरका अध्यक्ष मनोज थापाले बताए । पछिल्लो समय ईलेक्टिक गाडीहरूको प्रयोग बढदै गएको र राज्यले प्रयाप्त रूपमा चाजिङ सेन्टर हरू बनाउन नसकिरहेको अवस्थामा बुटवलमा सुबिधा सम्पन चाजिङ स्टेसन निमाण गरिएको अध्यक्ष थापाको भनाई छ ।

शनिबार स्टेसनको उद्घाटन गर्दै नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख कपिल पाण्डेले वातावरणमैन्री नगर बनाउन ईलेक्टिक गाडीको प्रयोग जरूरी रहेको बताए । टाढा टाढा बाट आउने बसपार्क नजिक भएकाले सवारीसाधनलाई चाजिङ गर्न र केही समय रेष्ट गन यो स्टेसन उपयोगी हुने पाण्डेको भनाई छ ।

सन्चालक डा नारायण पराजुली, डा. विकाश केसी, डा.अशोक कुवरले ईलेक्टिक सवारीसाधनको माग बढदै गएको र ठाँउ ठाउँमा चाजिङ स्टेसन नहुँदा दुःख पाउने घन्टौ कुनुपर्ने समस्या समाधान हुने बताए ।

स्टेसनमा चालकलाई आराम गने ठाउँ र गाडी धुने समेत व्यवस्था गरिएको उनीहरूको भनाई छ । चाजिङ स्टेसनमा ८ वटा मेशिनद्वारा गाडी चार्ज गर्न सकिने अध्यक्ष थापाको भनाई छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ८ : ०६ बजे

युरोप निर्यात हुन थाले बटुका

झापा । किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल,

पैदल यात्रुको सुरक्षाका लागि ‘पेलिकन’ जडान

काठमाडौँ । सडक पार गर्दा पैदल यात्रुको सुरक्षालाई प्राथमिकतामा राखी

आइएमई लिमिटेडको स्टोरी एम्बेसडरमा साइग्रेस पोख्रेल नियुक्त

काठमाडौं । आइएमई लिमिटेडले सन्तोष पोखरेललाई स्टोरी एम्बेसडरमा नियुक्त गरेको

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौँ । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको

‘सिभिल इन्जिनियर’ अध्ययन गरेर व्यवसायिक कागतीखेती रमाउँदै प्रतीक

घोराही । घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीक लोहनीले चार बिघा जग्गामा