५ श्रावण २०८३, मंगलबार | July 22, 2026

कालिका टोल आमा समुहद्वारा नन्दिनी गौशालामा खाद्यान्न प्रदान



बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित शिवनगर सामुदायिक वनभित्र रहेको नन्दिनी गौशालालाई बुटवल स्थित कालिका टोल आमा समुहले खाद्यान्न उपलब्ध गराएको छ । संस्थाले रमाइलो कार्यक्रम शुभकामना तथा देउसी भैलो खेलेर जम्मा गरेको रकमबाट गौशालालाई आवश्यक खाद्य सामाग्री किनेर गौशालालाई उपलब्ध गराएको हो ।

खाद्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै रमाइलोका लागि गरिएका कार्यक्रमहरुबाट संकलन भएको रकम पिकनिक खेलेर सक्नु भन्दा धेरै थोरै जति भए पनि गौशालालाई सहयोग गरेको कालिका टोल आमा समुहकी अध्यक्ष सरिता खड्काले बताइन् ।

कालिका टोल सस्थांका सचिव खिम बहादुर बुढाथोकीले यस भन्दा अघि पनि नेपाल अनाथ आश्रममा खाद्यान्न सहयोग गरिएको जनाउँदै संस्थाको तर्फबाट सगंम क्रियापुत्री भवनलाई ७ वटा पखां सहयोग गरेको जानकारी दिए ।

समुहको तर्फबाट गाईगोरुको लागि ४ बोरा चापट ,२७ केजी भेली, एक ट्रली पराल, १० के जी नुन लगायतका खाद्य समाग्री हस्तान्तरण गरिएको छ । बुटवल ७ स्थित शिवनगर सामुदायिक वनमा रहेको गौशालामा ३५० बढी गाईगोरु रहेका छन् ।

कुनै पनि शुभकार्य जन्मदिन वा विशेष अवसरमा गौशालामा आएर गाईगोरुलाई घाँस, पराल , दाना उपलब्ध गराएर मनाउन सकिने गौशाला ब्यवस्थापनले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ८ : १५ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं