२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको जन्तीलुङ्ग होमस्टे अवलोकन भ्रमण

बुटवल । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले पाल्पाको जन्तीलुङ्ग होमस्टेमा अध्ययन तथा अवलोकन भ्रमण गरेका छन् । संघले पुस १५ देखि १७ गतेसम्म बुटवलमा सम्पन्न सडक खाना महोत्सव २०८२ को समीक्षा गर्दै आन्तरिक पर्यटनलाई थप प्रवद्र्धन गर्ने उद्देश्यसहित उक्त कार्यक्रम आयोजना गरेको संयोजक तथा…