२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

श्री नेवा: सेवा समिति बुटवलद्वारा सामूहिक ईही र कय्ता पूजा माघ २१ र २२ गते आयोजना हुँदै



बुटवल । श्री नेवा: सेवा समिति बुटवलले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि नेवार समुदायका बालिकाहरूका लागि सामूहिक ईही (बेल विवाह) तथा बालकहरूका लागि सामूहिक कय्ता पूजा (व्रतबन्ध तथा उपनयन संस्कार) आयोजना गर्ने भएको छ । उक्त धार्मिक तथा सांस्कृतिक कार्यक्रम यही माघ २१ र २२ गते बुटवल-११ स्थित भूपू सैनिक भवनको प्राङ्गणमा आयोजना गरिने समितिले जनाएको छ ।

बुटवलका विभिन्न स्थानमा बसोबास गर्दै आएका नेवार समुदायलाई एकताबद्ध गर्दै परम्परागत संस्कारलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको श्री नेवा: सेवा समितिका अध्यक्ष दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पश्चिम नेपालका विभिन्न जिल्लाबाट नेवार समुदायका बालबालिकाहरू कार्यक्रममा सहभागी हुनेछन् । कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको पनि उनले बताए ।

समितिका निवर्तमान अध्यक्ष चिरञ्जीवी श्रेष्ठका अनुसार हालसम्म सामूहिक ईही पूजाका लागि ६२ जना कन्या तथा कय्ता पूजाका लागि १४ जना बालकले नाम दर्ता गराइसकेका छन् । बुटवलमा यो कार्यक्रम १६ औँ पटक आयोजना हुन लागेको हो ।

नेवार समुदायमा बालिकाले सात वर्ष पूरा गरेपछि बेललाई साक्षी राखी सिन्दूर हाल्ने ईही (बेल विवाह) संस्कार प्राचीनकालदेखि अनिवार्य धार्मिक संस्कारका रूपमा मानिँदै आएको छ । ‘ईही’ को अर्थ विवाह हो । यस संस्कारमा बालिकालाई भगवान् विष्णुको प्रतीक सुवर्ण कुमारसँग वैवाहिक सम्बन्धमा बाँधिन्छ । यस मान्यताअनुसार ईही गरिसकेकी महिलालाई भविष्यमा श्रीमान् बिते पनि विधवा मानिँदैन, किनकि उनी विष्णुसँग विवाह गरिसकेकी ठानिन्छिन् ।

त्यस्तै, नेवार समुदायका बालकहरूका लागि गरिने अनिवार्य संस्कार व्रतबन्धलाई ‘कय्ता पूजा’ भनिन्छ । संस्थाका सचिव लक्ष्मण श्रेष्ठका अनुसार ‘कय्ता’ को अर्थ लगौँटी हो । यस संस्कारमा बटुकलाई विधिवत् लगौँटी पहिर्याइ लाज, मर्यादा र अनुशासनको शिक्षा दिइन्छ । फुपूहरूले सात टुक्रा कपडा जोडेर सिलाएको लगौँटीले सातै लोकमा लाज जोगाउनु भन्ने सन्देश बोकेको मान्यता रहेको छ । कय्ता पूजामा बालकका मामा र फुपूको विशेष भूमिका रहने गर्दछ ।

कार्यक्रम संयोजक अञ्जु श्रेष्ठका अनुसार माघ २० गते पहिलो दिन बिहान कन्याहरू भेला भएपछि नेवा: सेवा समितिको अवलोकनसहित र्‍याली आयोजना गरिनेछ । मुख्य पूजा, संस्कार तथा अन्य धार्मिक विधिहरू भने माघ २१ गते दोस्रो दिन सम्पन्न गरिनेछन् ।

समितिले सामूहिक रूपमा यस्ता संस्कार आयोजना गर्दै नेवार समुदायको सांस्कृतिक पहिचान जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ६ : २९ बजे

प्रदेश संरचना र जिसस खारेज गर्न गोकुल बास्कोटाको सुझाव

काठमाडौं । नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश संरचना तथा

पश्चिम बंगालमा बीजेपी नेताका निजी सहायकको गोली हानी हत्या

काठमाडौं । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी) नेता

सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनाले सूचना

मेचीनगरमा ‘डायलासिस’ सेवा लिने बिरामी उच्च

झापा । मेचीनगर नगरपालिकामा डायलासिस उपचार गराइरहेका मिर्गौलाका बिरामीको सङ्ख्या

धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाअन्तर्गत चुरे क्षेत्रको धारापानी गाउँका बासिन्दा अझै