नेपालगन्ज । लामो समयदेखि निरन्तरता पाउन नसकेको बाँकेका पत्रकारहरुबीचको पत्रकार सदभाव वनभोज कार्यक्रमलाई निरन्तरता दिइएको छ । पत्रकार महासंघ बाँके शाखाले डुडुवा गाउँपालिकाको सहकार्यमा वनभोज कार्यक्रमलाई निरन्तरता दिएको हो । स्थानीय पर्यटकीय क्षेत्रहरुको प्रबद्र्धनार्थ डुडुवा गाउँपालिकासंगको सहकार्यमा डुडुवा-५ नानापुरस्थित सिद्धिविनायक लायन्स पार्कमा शनिवार वनभोज कार्यक्रम गरिएको हो । शाखाका सदस्य एवम् क्रियाशील पत्रकारहरुको उल्लेख्य उपस्थितिमा…