डोल्पा । आँखा देख्न छाडेको धेरै समयपछि पुनः दृष्टि पाएपछि डोल्पाकी ६६ वर्षीया निलकुमारी थापाले नयाँ जुनी पाएको महसुस गरेकी छन्। उनी लामो समयदेखि आखाँको मोतिविन्दुका कारण देख्न नसक्ने अवस्थामा थिइन् । ठुलीभेरी नगरपालिका-३ दुनै बजारकी थापाले भनिन्, “मैले आँखा देख्न छाडेको धेरै भएको थियो । अब त जीन्दगी यस्तै जान्छ कि भन्ने लागेको थियो…