१० असार २०८३, बुधबार | June 24, 2026

मेयर कप भलिबल : उपाधिको लागि मणिमुकुन्द र गोलपार्क भिड्ने



बुटवल । माघे संक्रान्तिको अवसर पारेर बुटवलमा संचालन भएको प्रथम मेयर कप खुला भलिबल प्रतियोगिताको उपाधिको लागि गोलपार्क भलिबल क्लब र मणिमुकुन्द भलिबल क्लब “बि” प्रतिस्प्रर्धा गर्ने भएको छ ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र मिर्मिरे युवा क्लबको आयोजनामा बंदेलपोखरी खेलमैदानमा सोमबार भएको पहिलो सेमीफाईनलमा गोलपार्क भलिबल क्लबले मणिमुकुन्द भलिबल क्लब “ए” लाई २५-२७, २८-२६, २५-१७, २३-२५ ,१५-९ को सेटमा पराजित गर्दै फाईनल यात्रा तय गरेको हो । यसैगरि दोस्रो सेमिफाईनल खेलमा मणिमुकुन्द भलिबल क्लब “बि” ले न्यू होराईजन “बि” लाई २५-२३, २५-२०, २५-१७ को सोझो सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । यसैगरि तेस्रो स्थानको लागी न्यू होराईजन “बि” र मणिमुकुन्द “ए” का बिचमा खेल हुने भएको छ । फाईनल र तेस्रो स्थानको लागि खेल मंगलबार हुने क्लबका अध्यक्ष शेरजंग गुरुङले बताए ।

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख १ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद ६० हजार १ सय रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । तृतीय हुनेले ३० हजार १ सय नगद कप मेडल प्रमाणपत्र र सान्त्वना हुने टिमले १५ हजार १ सय, कप मेडल प्रमाणपत्र तथा प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई नगद तीन हजार रुपैया तथा विधागत तर्फ उत्कृष्ट ५ जना खेलाडीहरूलाई नगद १ हजार ५ सय रुपैयाबाट पुरस्कृत गरिने उनले बताए । माघ १ गतेसम्म चल्ने प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  १० : ०१ बजे

रास्वपाको वैचारिक दृष्टिकोण ‘सामाजिक लोकतन्त्र’ (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक

नेपालगन्ज । पछिल्लो समयमा किशोरकिशोरीमा तनाव, चिन्ता, डिप्रेसन तथा आत्महत्याको

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब

विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, बिनाशर्त रिहाइको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

भैरहवा । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३