बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीले यही मंसिर २१ र २२ गते आयोजना गर्ने प्रथम मगर साहित्य महोत्सव तयारी अन्तरगत शनिबार विद्यार्थी संगठनहरुसँग छलफल गरेको छ । महोत्सवमा स्वयम्सेवक परिचालन, सुरक्षा व्यवस्था तथा अतिथि सत्कारका लागि आवश्यक तयारी स्वरुपमा छलफल सम्पन्न गरिएको हो । रुपन्देहीका विभिन्न क्याम्पसहरुमा रहेका मगर विद्यार्थी संघ सम्बद्ध विद्यार्थी प्रतिनिधिहरु…