तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा-२ जानकीनगरका एन्जील पाण्डेले एसईईमा ३.९१ जीपीए ल्याएका छन् । बिहीबार प्रकाशित भएको एसईई नतीजामा पाण्डेले उक्त जीपीए प्राप्त गरेको विद्यालयका प्राचार्य गोपाल गौतमले जानकारी दिए । हालसम्म प्राप्त सुचनालाई आधारमान्दा यो नै तिलोत्तमा नगरपालिकाको सर्वोत्कृष्ट परिणाम (अंक) रहेको विद्यालयका अध्यक्ष मोहन चापागाईंले दावी गरे ।…