बुटवल । शनिबार रातिदेखि परेको वर्षाका कारण बुटवलका विभिन्न क्षेत्र डुबानमा परेका छन् । लामो समयदेखि पानी नपरेको र यहाँका अधिकांश नालीहरु फोहरले पुरिएकाले वर्षासँगै नाली भरिएपछि बाजार क्षेत्रमा बाढी पसेको हो । डुबानका कारण पश्चिम नेपाल बस व्यवसाय समितिको प्रधान कार्यालय, रुपन्देही उद्योग संघको कार्यालय तथा राष्ट्रिय समाचार समिति रासस कार्यालयमा फर्निचर, कागजात तथा…