६ श्रावण २०८३, बुधबार | July 22, 2026

बाँकेको खजुरामा २ सय जनालाई आत्मनिर्भरताको तालिम



खजुरा । बाँकेको खजुरामा २ सय जना युवाहरुलाई आत्मनिर्भरताको तालिम दिइएको छ । खजुरा गाउँपालिकाले बिभिन्न बिधाको दक्षताका लागि २ सय युवालाई तालिम दिएको हो ।

लोकसेवाको तयारीकालागि ५० जना, पलम्बिङमा २५ जना, मोटरसाइकल मरमतमा २५ जना, कुक खाजा खानामा २५ जना, टायल फिटिङमा २५ जना, बुटिकमा २५ जना र बिद्यालयको झोला बनाउने मा २५ जनालाई तालिम प्रदान गरेको पालिकाले जनाएको छ ।

तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा कार्यान्वयन गर्न सहभागीहरुलाई आग्रह गरे । उनले खजुराबाट बेरोजगारी हटाउन र आत्मनिर्भर बनाई बिदेश जाने कार्यको न्युनिकरण गर्न बिभिन्न विषयमा तालिम दिइएको बताए । उनले खजुरामा रोजगारीको अवसरहरु सिर्जना गरि दक्ष जनशक्तिाई स्थानीयस्तरमै स्वरोजगार बनाउन पालिकाले बिभिन्न कार्यक्रमहरु संचालन गरेको बताए ।

कार्यक्रममा पालिकाकी उपाध्यक्ष मन्जु मल्लले स्वरोजगार तालिममा महिलाहरुको उल्लेख्य सहभागिताले पालिकालाई उत्साहित बनाएको बताइन् ।

कार्यक्रममा तालिम प्राप्त सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ९ : २८ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क