दाङ । तुलसीपुर बजारको अरनिको मैदान नजिकै रहेको एक गोदाम घरमा आज राति साढे आठ बजेतिर आगलागी भएको छ । तुलसीपुर-५ का व्यवसायी प्रमोद सोनीको प्लाष्टिकको गोदाम घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिए । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास…