नेपालगन्ज । वरिष्ठ गायक, कलाकार तथा सञ्चारकर्मी स्वर्गीय कमल बि.के. निर्मोहीको १३औँ पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । स्वगीय निर्मोहीको निवासमा सम्पन्न श्रद्धाञ्जली सभामा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले उनलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । श्रद्धाञ्जली सभा कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, वरिष्ठ कलाकार शुन्दर गुरुङ, दलित महिला संघ…