७ पुस २०८२, सोमबार | December 22, 2025

रोहिणी-३ मा ५० प्रतिशत अनुदानमा कृषकलाई पम्पसेट वितरण

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ मा ५० प्रतिशत अनुदानमा कृषकहरुलाई पम्पसेट वितरण गरिएको छ । ३ नम्बर वडा कार्यालय, धकधईमा सोमबार आयोजित कार्यक्रममा २० वटा पम्पसेट वितरण गरिएको हो । कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका कृषि शाखा प्रमुख जितेन्द्र यादवले कृषि उपकरणमा कृषकको पनि लगानी भए अपनत्व हुने भएकाले ५० प्रतिशत अनुदानमा वितरण…