बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ मा रहेको इन्टलेक्च्युअल एकेडेमीले १३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । एकेडेमीले आज सोमबार १३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरी मनाएको हो । सो अवसरमा बोल्ने बक्ताहरुले परिवर्तित समयसँगै शिक्षा पनि परिवर्तन गर्दै लैजानुपर्नेमा जोड दिए । प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाकी नगर उपप्रमुख सावित्रादेवि अर्यालले…