बुटवल । रुपन्देही उद्योग संघमा आवद्ध महिला उद्यमीहरुको एक टोली औद्योगिक अध्ययन भ्रमणका लागि शनिवार चितवनतर्फ गएको छ । संघमा आयोजित एक कार्यक्रममा सो टोलीलाई बिदाई गरिएको थियो । महिला उद्यमी वस्तुगत समिति संयोजक दिलु शाहीको नेतृत्वमा रहेको महिला उद्यमीहरुको भ्रमण टोलीलाई संघका द्वितिय उपाध्यक्ष कृष्ण प्रसाद पराजुली तथा कोषाध्यक्ष हिरामणी भट्टराईले बिदाई गरेका थिए…