२३ बैशाख २०८१, आइतबार | May 5, 2024

एसइईमा उत्तिर्ण भएका विद्यार्थीलाई देवदह माविद्धारा बधाई तथा सम्मान



बुटवल । रुपन्देहीको देवदह नगरपालिका-७ मा अवस्थित देवदह माध्यमिक विद्यालयले एसइईमा सहभागी भई उत्तिर्ण विद्यार्थीलाई आइतबार सम्मानसहित बधाई तथा शुभकामना व्यक्त गरेको छ । विद्यालयबाट ३ दशमलव ९४ जिपिए ल्याउन सफल युनिक अधिकारीसहित २०७९ सालको एसइईमा सहभागी भई उत्कृष्ट अंककासाथ उत्तिर्ण गर्न सफल ३६ जना विद्यार्थीलाई सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले सामुदायिक विद्यालयले नगरमै उत्कृष्ट नतिजा ल्याउन सफल भएकोप्रति खुशी व्यक्त गरे । देवदहमै उत्कृष्ट र नमुना बन्ने यात्रामा रहेको रहेको विद्यालयले एइईमा प्राप्त नतिजासँगै आफूलाई प्रमाणित गर्न सफल भएको उल्लेख गरे । नगरको शैक्षिक बिकासका लागि स्थानीय सरकारले आफ्नो साधन स्रोतले भ्याएसम्म लगानी गर्न तयार रहेको उल्लेख गरे । यसैगरी एसइई उत्तिर्ण गरेका विद्यार्थीलाई आगामी शैक्षिक गन्त्य रोज्ने बेलामा आकर्षक विज्ञापन र लहैलहैमा नलागी गम्भिएर भएर निर्णय लिन विद्यार्थीलाई आग्रह गरे । विषय छनोट गर्ने क्रममा आकर्षक विज्ञापन, साथीभाईको लहैलहै तथा अभिभावकको समेत दबाबमा नपरी आफूले आफ्नो रुचीलाई ध्यानमा राख्न आग्रह गरे ।

कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउनका लागि योगदान पुर्याएका शिक्षक तथा कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो । सम्मानपछि शुभकामना व्यक्त गर्दै विद्यालयका व्यवस्थापन समिति अध्यक्ष सुरज खरेलले उच्च शिक्षाका लागि देवदह माविलाई नै उत्कृष्ट शैक्षिक संस्था बनाउने योजना अनुसार काम अघि बढेका कारण आफ्नै विद्यालयमा भर्ना हुन विद्यार्थीलाई आग्रह गरे । कक्षा ११ र १२ मा मानविकी र व्यवस्थापन संकायमा अध्यापन हुने उक्त विद्यालयमानै निरन्तर अध्ययन गर्न चाहने विद्यार्थीलाई २० प्रतिशत छुटको व्यवस्था गरिने उनले बताए । यसैगरी अन्य सामुदायिक विद्यालयबाट एसइई उत्तिर्ण गरी आउने विद्यार्थीलाई १० प्रतिशत छुटको व्यवस्था गरिने जानकारी गराए ।

विद्यालयमा कक्षा ११ र १२ मा कम्प्युटर साइन्स अध्ययन गर्न चाहने विद्यार्थीको चाहनालाई मध्येनजर गरी उक्त कक्षा समेत सञ्चालन गरिने उल्लेख गरे । आफ्नो विद्यालयमा अध्यापन नहुने विषयको हकमा विद्यार्थी अन्य शैक्षिक संस्थामा जानुपर्ने भएकाले अन्यत्र जाँदा समेत सामुदायिक विद्यालयनै रोज्न विद्यार्थीलाई आग्रह गरे । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर विगतभन्दा धेरै सुधार तथा उत्कृष्ट हुँदै गएको बताउँदै उनले अनावश्यक तडकभडक भन्दा पनि आफ्नो शैक्षिक आर्थिक अवस्थाले थेग्न सक्ने र गुणस्तर शिक्षाका लागि सामुदायिक विद्यालय उपयुक्त गन्तव्य भएको उल्लेख गरे ।

विद्यालयमा आफू व्यवस्थापन समितिको अध्यक्ष भएपछि धेरै कुराहरुमा सुधार गर्दै लगिएको दाबी गर्दै उनले मुलुककै नमुना शैक्षिक संस्थाको रुपमा स्थापित गराउने उद्देश्यसहित काम भैरहेको उल्लेख गरे । शैक्षिक सुधारका कार्यक्रम अन्तरगत प्रत्येक विद्यार्थीको शैक्षिक प्रगति पुस्तिका तयार गरी विद्यालयको छुट्टै एप स्थापना गरी विवरण संकलन गर्ने, विद्यार्थीले गरेका शैक्षिक गतिविधि अभिभावकले घरमै बसेर हेर्न मिल्नेगरी तथ्याङ्क बनाउने, ई–लाइब्रेरी सञ्चालन तथा हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप तथा जीवनउपयोगी सीप प्रदान गर्नेगरी कक्षा सञ्चालनको तयारी भैरहेको उनले बताए । अध्यक्ष खरेलले विद्यालयको भौतिक आधुनिक भौतिक संरचना निर्माण भइरहेको बताउँदै डिपिआर निर्माण गरी बालउद्यान, स्वीमिङ पूल, बगैचा, स्तरीय खेल मैदान निर्माण लगायतका काम अघि बढेको उल्लेख गरे ।

कार्यक्रमा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, शिक्षा शाखा प्रमुख टिकाराम शर्मा तथा विद्यालयका पूर्व अध्यक्ष धुण्डीराज भट्टराईले शुभकामना व्यक्त गरेका थिए । देवदह मावीले प्राप्त गरेको सफलमा विद्यार्थीको एक्लो प्रयासले मात्र नभई विद्यालयका शिक्षक, कर्मचारी तथा अभिभावकहरुको योगदानबाट सफल भएको उल्लेख गरे । उनीहरुले विद्यार्थीको आगामी शैक्षिक यात्रा तथा उज्वल भविष्यको कामना गर्दै अनुशासित र लक्ष्यप्रति केन्द्रित भएर अध्ययनलाई अघि बढाउन शुभकामना व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक हरि पाण्डेले विद्यार्थीले एसइईमा हासिल गरेको नतिजाले सिंगो विद्यालय परिवार खुशी भएको उल्लेख गरे । देवदह माविलाई थप उत्कृष्ट बनाउनका लागि चुनौती थपिएको उल्लेख गर्दै उनले त्यसका लागि आफूहरुले दिनरात मेहन गर्ने प्रतिवद्धता व्यक्त गरे । विद्यालयकी शिक्षिक शारदा गैरेको सञ्चालकमा सम्मान तथा बधाई कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ६ : ४२ बजे

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa

कांग्रेसको नारावाजीका बीच गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत प्राप्त

सकियो अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी : लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न नेपाल सरकारसँग

अबैध भन्सार छलेर नेपालगन्ज भित्रिएको लाखौंको सामान बरामद

नेपालगन्ज । बाँके प्रहरीले भन्सार छलेर नेपालगन्ज भित्रिएको झण्डै ३

तापक्रम घट्यो, अब आउने वर्षाले आगलागी घटाउन सघाउने

काठमाडौं । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका