बुटवल । नेपाली भूमि सुस्ताको विषयमा युवा पुस्तामा जानकारी र जागरण ल्याउने उद्देश्यसहित बुटवलमा कार्तिक १४ गते वृहत अन्तरक्रिया हुने भएको छ । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सभाहलमा आयोजना हुने उक्त अन्तरक्रियामा रुपन्देही, नवलपरासी, कपिलवस्तु र पाल्पाका युवा विद्यार्थीहरू सहभागी हुनेछन् । सुस्ता बचाऔँ युवा अभियान नवलपरासीको आयोजनामा हुने कार्यक्रममा राष्ट्रिय भौगोलिक अखण्डता, वीर पुर्खाहरूको…