दाङ । कालोपत्रे भएको तीन वर्ष नपुग्दै सहिद मार्ग अन्तर्गत दाङको घोराहीदेखि रोल्पाको होलेरीसम्मको सडक बिग्रिएर अस्तव्यस्त भएको छ । कालोपत्र गरिएको सडकमै ठूलाठूला खाडल बनेका छन् । प्रायजसो ठाउँमा कालोपत्र नै देखिँदैन, जस्ले गर्दा दुर्घटनाको जोखिम बढेको छ । ओभरलोड भार बोकेका टिपरकै कारण सडक छियाछिया भएको स्थानीयहरुको गुनासो छ । दाङबाट रोल्पा महत…