२८ बैशाख २०८३, सोमबार | May 11, 2026

लुम्बिनी सेवा समाज अमेरिकाद्वारा देवदहको चरङ्गेस्थित सीता माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना



तिलोत्तमा । लुम्बिनी सेवा समाज अमेरिकाले रुपन्देहीको देवदह नगरपालिका चरङ्गेस्थित सीता माध्यमिक विद्यालयमा पाँच लाख रुपियाँको अक्षयकोष स्थापना गरेको छ ।

समाजका संस्थापक स्वर्गीय कमल शर्माको स्मृतीमा समाजले विद्यालयमा अक्षयकोष स्थापना गरेको हो । शर्माको परिवारसँगको सहकार्यमा समाजले हरेक वर्ष गरिब तथा अतिविपन्न छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्न स्व. कमल शर्मा स्मृती अक्षयकोष स्थापना गरेको हो ।

समाजका सम्पूर्ण सदस्यले संकलन गरेको रकम र शर्माको परिवारले उपलव्ध गराएको रकमबाट अक्षयकोष स्थापना गरिएको हो । बिहीबार विद्यालयमा आयोजित एक समारोहका बीच समाजकी उपाध्यक्ष लता प्रधान र स्वर्गीय कमल शर्माकी धर्मपत्नी सरिता शर्माले विद्यालयका प्रधानाध्यापक महेशकुमार थैवलाई रकम हस्तान्तरण गरेका हुन ।

त्यस अवसरमा बोल्दै देवदह नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष एकबहादुर सुनारले अक्षयकोषका लागि आएको रकमको सही सदुपयोग गर्न सुझाव दिए । भौतिक पूर्वाधारले मात्र शैक्षिक विकास नहुने भन्दै उनले गुणस्तरीय शिक्षाका लागि लगानी बढाउनुपर्ने बताए । उनले अक्षयकोष स्थापना भएपछि विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढ्ने विश्वास व्यक्त गरे ।

रुपन्देहीका पुर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले विद्यालयमा गरिएको यो लगानी निकै प्रभावकारी र लाभदायक हुने विश्वास व्यक्त गर्दै यहाँको गरिब तथा विपन्न बालबालिकाको लागि केही हौसला बन्ने बताए ।

समाजकी उपाध्यक्ष लता प्रधानले विद्यालयमा अक्षयकोष स्थापना गर्न पाउँदा खुशी लागेको भन्दै समाजले मानवीय कामका साथै शिक्षा क्षेत्रमा पनि सहयोग गर्दै आएको बताइन् । स्वर्गीय कमल शर्माकी धर्मपत्नी सरिता शर्माले यो अक्षयकोषले केही हद सम्म राहत दिने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक कार्य र सहयोगमा निरन्तर लागिरहने बताइन् ।

कार्यक्रममा समाजका सल्लाहकार दिपक प्रधानले समाजका अध्यक्ष जगदिशप्रसाद न्यौपानेले पठाएको सन्देश पढेर सुनाएका थिए ।
कार्यक्रममा रुपन्देहीका पुर्व सहायक जिल्ला शिक्षा अधिकारी मोतीराज पौडेल, विद्यालयका प्रधानाध्यापक महेशकुमार थैव, शिक्षक शिवलाल क्षेत्री लगायतले विपन्न बालबालिकाले अध्ययन गर्ने विद्यालय छनौट गरी अक्षयकोष स्थापना गरेकोमा खुसी व्यक्त गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक थैवले यो कार्यले अति विपन्न विद्यार्थीलाई विद्यालय सम्म ल्याउन उत्साह दिने बताउँदै रकमको सही सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

 

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ८ : ०१ बजे

सुशासनको साझा लक्ष्य प्राप्तिका लागि पूर्वाग्रहभन्दा माथि उठौँ : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनताको हित, समृद्धि र

प्रतिनिधिसभा बैठक : आठ अध्यादेश पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न आठ अध्यादेश पेस भएका

मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन २०८३ बाट १५ बुँदे बुटवल घोषणापत्र जारी

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा सम्पन्न “मिडिया

विद्यार्थी संगठनमाथिको प्रतिबन्धमा सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौं । सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको

श्रम संसार ‘एप’मा जोडिन निर्देशन

काठमाडौँ । वैदेशिक रोजगार विभागले कामदार पठाउने इजाजत प्राप्त संस्थाहरुलाई