बुटवल । देशकै उत्कृष्ट सामुदायिक विद्यालयको रूपमा स्थापित कालिका मानवज्ञान माध्यमिक विद्यालय, बुटवल-१० रुपन्देहीले आफ्नो ६५औँ वार्षिकोत्सव तथा अभिभावक दिवसअन्तर्गतको आन्तरिक खेलकुद कार्यक्रमको शुभारम्भ गरेको छ । सोमबार सेक्टर-१ कालिका नगरमा आयोजित विशेष समारोहका बीच बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष तथा प्रमुख अतिथि बोनिन पियाले प्रतियोगिताको औपचारिक शुभारम्भ गरेका हुन् । शुभारम्भ समारोहलाई सम्बोधन…