नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले प्रकाशन गरेको नयाँ बर्ष २०८२ सालको भित्तेपात्रो (क्यालेण्डर) विमोचन गरिएको छ । नेपालगन्जमा आज एक कार्यक्रमका बीच क्यालेण्डर विमोचन गरिएको हो । महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षता एवम् लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमका नयाँ बर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो ।…