२ पुस २०८२, बुधबार | December 17, 2025

‘त्रिशूलीको किनारमा बालुवा चाल्नेहरू…’

मलेखु । हातमा बेल्चा (साबेल), टाउकामा रुमाल र कम्मरमा सलको पटुकी । एकाबिहानै बालुवा सार्दै गरेको अवस्थामा भेटिइन्, कल्पना भुजेल । कठ्याङ्ग्रिँदो जाडोमा पनि खलखल पसिना बगिरहेको छ, तर उनलाई यसको कुनै प्रवाह छैन । भुजेल भन्छिन्, ‘हाम्रो काम उज्यालो भएदेखि अँध्यारो नभएसम्म बगरमा बालुवा खोज्ने हो । एक दिन अल्छी गर्‍यो भने अर्काे दिन…