३१ असार २०८३, बुधबार | July 15, 2026

पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध

बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिका-८ बेलबगरमा आज बिहान लेदोसहितको पहिरो झरेपछि त्यस क्षेत्रको सडक अवरुद्ध भएको छ । पहिरोबाट सडकमा क्षति पुगेकाले त्यस क्षेत्रमा यातायात सञ्चालन समेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । पहिरो सडक क्षति भएको सडक खुलाउने प्रयास भइरहेको उनले…